देश

६ किलोकी धामीलाई अपाङ्गता परिचयपत्र

बझाङ, मंसिर २४–बझाङ जिल्लाकै सबैभन्दा होची र कम तौल भएकी रुमला धामीले अपांगताको परिचयपत्र पाएकी छन् । केदारस्युँ गाउँपालिका– ७ जसुडाकी रुमला धामीले सोमबार केदारस्युँ गाउँपालिकाबाट अपाङ्गताको परिचयपत्र पाएकी हुन् । उनको हालको उमेर १६ वर्ष पुगेको छ तर उनको उचाइ ८१ सेन्टिमिटर र तौल ६ केजी मात्रै छ ।

रायल प्राथमिक स्वास्थ्य केन्द्रका अहेब कमल मल्लका अनुसार रुमलाको शारीरिक र मानसिक वृद्धि विकासमा समस्या आउँदा उनी जन्मजात अपाङ्ग हुन् । उनलाई पूर्ण अशक्त अपाङ्गता भएको समूहमा समावेश गरिएको केदारस्युँ गाउँपालिकाका आइटी इन्जिनियर लेखराज रावलले बताए । उनका अनुसार सोमबार मात्रै केदारस्युँ गाउँपालिकाले पूर्ण अपाङ्गता भएका १५ जना, अति अशक्त ४२, मध्यम १७ र सामान्य अपाङ्गता भएका ६ जनालाई अपांगताको परिचयपत्र वितरण गरिएको छ ।

Featured