देश

हँसियाले ज्यान मार्ने धम्की दिने पक्राउ

धनगढी, मंसिर २४–हँसिया देखाएर ज्यान मार्ने धम्की दिएको अरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । कैलालीको चुरे गाउँपालिका– ६, सेलानीका २१ वर्षीय सुवास भण्डारीलाई प्रहरीले पक्राउ गरेको हो ।

उनले घरेलु हँसिया देखाउँदै गाउँमा आतंक मच्चाएकाले पक्राउ गरिएको इलाका प्रहरी कार्यालय फल्टुडेले जनाएको छ । इलाका प्रहरी कार्यालय फल्टुडेका प्रहरी निरीक्षक माधव विश्वकर्माका अनुसार भण्डारीले गाउँमा हँसिया देखाउँदै परिवार तथा छिमेकीलाई ज्यान मार्ने धम्की दिने गरेका थिए ।

Featured