देश

भ्रष्टाचारविरुद्ध सांसदहरूको विश्व सम्मेलनमा थकाली सहभागी

काठमाडौं, मंसिर २४–भ्रष्टाचारविरूद्धको अन्तर्रा्ष्ट्रिय दिवसका अवसरमा भ्रष्टाचारविरूद्ध सांसदहरूको विश्वव्यापी संगठनको कतारको दोहामा आयोजित सातौं विश्व सम्मेलनमा नेपालको तर्फबाट कांग्रेसनेता तथा पूर्ववाणिज्यमन्त्री रोमी गौचन थकाली सहभागी भएका छन् । सम्मेलनमा विभिन्न राष्ट्रले भ्रष्टाचारविरूद्ध अवलम्बन गरेका नीति, कानुन र कार्यान्वयनको अवस्थाका बारेमा छलफल भएको सम्मेलनमा सहभागी थकालीले जानकारी गराए । नेता थकाली सो संगठनको बोर्ड सदस्यका रूपमा सम्मेलनमा सहभागी भएका हुन् ।

उनका अनुसार सम्मेलनमा सहभागी सदस्यहरूले आ–आफ्नो देशले अवलम्बन गरेका भ्रष्टाचारविरूद्धका नीति कानुन तथा कार्यान्वयनको अवस्थाका बारेमा छलफल गर्नुका साथै अनुभव आदान प्रदान हुनेछ । विश्वभरका ६२ राष्ट्रका प्रतिनिधि सहभागी दुईदिने सम्मेलन आज सम्पन्न हुँदैछ । सम्मेलनमा नेपालको तर्फबाट भ्रष्टाचारविरूद्धको अभियानमा लागेका केदार खड्काको पनि सहभागी छ।

Featured