देश

कृषि विकास बैंकले ३० प्रतिशत लाभांश दिने

काठमाडौं, मंसिर २४–सरकारी स्वामित्वको कृषि विकास बैंकले आफ्ना शेयरधनीलाई ३० प्रतिशत लाभांश दिने भएको छ । आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट बैंकले ६ प्रतिशत शेयर लाभांश र २४ प्रतिशत नगद लाभांश दिने भएको हो ।

वितरणयोग्य मुनाफाबाट सो लाभांश वितरण गर्ने प्रस्ताव गरिएको बैंकले जनाएको छ । नेपाल राष्ट्र बैंकको स्वीकृति प्राप्त भएकाले लाभांश वितरण गरिनेछ । सरकारको हाल कायम भएको फिर्ता नहुने अग्राधिकार शेयर पुँजीमा वार्षिक ६ प्रतिशतले हुने नगद लाभांश रकमसमेत प्रदान गर्ने निर्णय भएको बैंकका कम्पनी सचिव हिमलाल पौडेलले जानकारी दिए । रासस

Featured