देश

मदिरा सेवन गरी मध्यरातमा बलात्कार प्रयास

धनगढी, मंसिर २४–कञ्चनपुरको पुनर्वास नगरपालिका–२, दशरथ बस्तीमा युवतीमाथि बलात्कार प्रयास भएको छ । सोमबार बिहान १ बजेतिर १९ वर्षीय युवतीमाथि बलात्कारको प्रयास भएको आफन्तले बताएका छन् । प्रहरीमा उजुरी परेलगत्तै आरोपी २२ वर्षीय सुनिल बोहरा फरार छन् । इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका निमित्त प्रहरी प्रमुख प्रहरी नायव निरीक्षक गोपालबहादुर बोहराले सोमबार नै पीडितले किटानी जाहेरी दिएको बताए ।

राति करिब १ बजेको समयमा मदिरा सेवन गरी युवतीको घरमा मोबाइलको चार्जर माग्ने निहुँमा आरोपित बोहराले जबर्जस्ती करणीको प्रयास गरेको पीडित युवतीले प्रहरीसँग बयान दिएको उनले बताए । प्रहरी नायव निरीक्षक बोहराले भने, ‘युवती रोई कराई गरेपछि उनी भागेका रहेछन्, हामीले अभियुक्तको खोजी गरिरहेका छौं ।’

Featured