विदेश

३८ जना सवार चिलीको सैनिक विमान बेपत्ता

एजेन्सी, मंसिर २४–चालक दलका सदस्यसहित ३८ जना सवार चिलीको सैनिक विमानसँग सोमबार रेडियो सञ्चार सम्पर्क विच्छेद भएको सेनाले जनाएको छ । चिलीको वायुसेनाका अनुसार अन्टार्क्टिका हवाई अखडाका लागि चिलीको दक्षिणी क्षेत्रबाट उडान भरेको केही क्षणमै विमानसँग सञ्चार सम्पर्क विच्छेद भएको थियो । सो विमानमा सवार व्यक्तिमध्ये १७ जना चालक दलका सदस्य र अन्य २१ यात्रु थिए । चिलीका राष्ट्रपति सेबास्टियन पिनेराले मिश्रित एक ट्वीटमा आफू गृहमन्त्री गोन्जालो ब्लूमेलसँगै पुन्ता एरेनास जाने बताए ।

रक्षामन्त्री अल्बर्टो एस्पिनासँग खोज र उद्धार अभियानको अनुगमन गर्ने कार्यक्रम तय भएको राष्ट्रपति पिनेराले बताए । वायुसेनाको विज्ञप्तिमा सी–१३० हर्कुलस विमान स्थानीय समयअनुसार अपराह्न ४५५ बजे पुन्ता एरिनासबाट उड्नासाथ सञ्चार सम्पर्क विच्छेद भएको जनाएको छ । वायुसेनाले साँझ ६ १३ बजे सतर्कताको अवस्था घोषणा गरी अरु विमान र चिली नौसेनाका जहाजहरूका साथ खोज तथा उद्धार अभियान सुरू गरेको थियो । चार इञ्जिनयुक्त सो विमान राजधानी सन्तियागोबाट करिब १ हजार ८ सय ७३ किलोमिटर दक्षिणस्थित पुन्ता एरेनासबाट उडेको थियो ।

Featured