देश

नाप–नक्सासम्बन्धी स्नातकोत्तर तहको पढाइः मन्त्री अर्याल

काभ्रेपलाञ्चोक, मंसिर २४–भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले अब नाप नक्सासम्बन्धी प्रविधिको पढाइ स्नातकोत्तर तहमा पनि गरिने बताएकी छन् । भूमि प्रशिक्षण केन्द्रले नापनक्सासम्बन्धी आधुनिक एवं भूमि व्यवस्थापनको क्षेत्रमा क्षमता विकास र शैक्षिक प्रवर्द्धन विषयमा मंगलबार काभ्रेपलाञ्चोकको धुलिखेलमा आयोजना गरेको अन्तर्रा्ष्ट्रिय गोष्ठीमा मन्त्री अर्यालले अब नाप पक्सासम्बन्धी विषयमा स्नातकोत्तर तहको पढाइ पाठ्यक्रममा समावेश गरिने बताएकी हुन् ।

नापनक्सासम्बन्धी प्रविधि अन्तर्रा्ष्ट्रिय स्तरको बनाइने बताउँदै मन्त्री अर्यालले अन्तर्रा्ष्ट्रिय गोष्ठीबाट नापपक्सा तथा भूमि व्यवस्थापनको क्षेत्रमा विकास भएका नवीनतम प्रविधि एवं अवधारणाहरूले अध्ययन, अनुसन्धान, उपयोग तथा कार्यान्वयनको क्रममा प्राप्त अनुभवको आदानप्रदानबाट सबै सहभागीहरू लाभान्वित हुने बताइन् ।

मन्त्री अर्यालले नेपालले ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाइरहेको सन्दर्भमा कार्यक्रममा आमन्त्रित विदेशी पाहुनाहरूलाई नेपालको भ्रमण गर्न मन्त्री अर्यालले आग्रह गरिन् । त्रिभुवन विश्वविद्यालय, इञ्जिनियरियङ अध्यन संस्थानअन्तर्गत पश्चिमाञ्चल क्याम्पस पोखरामा सञ्चालन हुन लागेको नापनक्सा क्षेत्रको स्नातकोत्तर तहको पाठ्यक्रममाथि विज्ञहरूको सुझाव संकलन गर्न कार्यशाला आयोजना गरिएको बताइएको छ । केन्द्रले विश्वविद्यालयहरूसँगको सहकार्यलाई निरन्तरता दिने मन्त्री अर्यालको विश्वास छ ।

Featured