देश

ग्लोबल अन्तराष्ट्रिय सम्मेलन काठमाडौंमा हुँदै

काठमाडौं, मंसिर २४–दुईदिने ग्लोबल अन्तर्रा्ष्ट्रिय सम्मेलन काठमाडौंमा हुने भएको छ । सम्मेलन आगामी मंसिर २७ र २८ गते हुन लागेको हो । ग्लोबल कलेज अफ म्यानेजमेन्ट, ग्लोबल कलेज अफ इन्टरनेसनल र ग्लोबल इन्स्टिच्युट फर पोलेसी रिसर्च डेभलपमेन्टको आयोजनामा पहिलो पटक सम्मेलन हुन लागेको हो ।

‘२१औं शताब्दीको नेतृत्व, दिगो आर्थिक विकास, हस्पिटालिटी, स्वउद्यमी, विदेश नीति, शिक्षा, टेक्नोलोजीका विषयमा सम्मेलनमा छलफल हुन्छ,’ ग्लोबल कलेजका प्रिन्सिपल देवराज पनेरुले भने । ‘देश संघीय संरचनामा गएको छ । विश्वसँग प्रतिस्पर्धा गर्न विकासको नयाँ मोडेल आवश्यक छ । त्यसको खोज अनुसन्धान गर्न सम्मेलनको आयोजना गरेका हौं,’ उनले भने । शिक्षालाई रिसर्चसँग जोड्न सम्मेलन फलदायी हुने अपेक्षा गरिएको छ । ‘उच्च शिक्षाले विकासको धार तय गरेकोे हुन्छ । त्यसका लािग रिसर्चको आवश्यक पर्छ । शिक्षालाई रिसर्चसँग जोडिनुपर्छ,’ पनेरुले भने ।

अहिलेको पुस्तालाई परिवर्तन गराउन कसरी पढाउने ? के पढाउने ? कस्तो पढाउने भन्ने विषयमा पनि सम्मेलनमा छलफल हुने उनले बताए । सम्मेलनमा थिंक ट्यांकहरू र मिडिया पर्सनहरूले अहिलेको संवेदनशील विषयमा आफ्नो धारणा राख्नेछन् । ‘थिंक ट्यांकहरूसँग विद्यार्थीहरूलाई पनि सहभागी गराएर ज्ञान र सिपको आदानप्रदान गरिनेछ,’ उनले भने, ‘सरकार र जनतालाई जानकारी गराउने मिडिया हो । त्यसैले सम्मेलनमा मिडियाको भूमिकाका विषयमा पनि छलफल हुनेछ ।’

उनका अनुसार सम्मेलनका लागि आठवटा विषयमा १ सय ५० भन्दा बढी रिसर्च पेपर आएका थिए । तीमध्ये ३८ वटा रिसर्च पेपर छनोट भएका छन् । अब ती रिसर्च पेपर सम्मेलनमा प्रस्तुत गरिनेछ । सम्मेलनमा बंगलादेश, इन्डिया, इटाली, अमेरिका, अस्ट्रेलिया इजरायलका विज्ञहरूको पनि सहभागिता रहनेछ । प्रिन्सिपल पनेरुका अनुसार सम्मेलनमा राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय गरी १ हजारभन्दा बढीले सहभागिता जनाउने छन् । सम्मेलन मध्य बानेश्वरमा रहेको ग्लोबल कलेज अफ इन्टरनेसलनमा हुनेछ ।

Featured