देश

एनआईसी एशिया लघुवित्तको दोस्रो साधारणसभा

काठमाडौं, मंसिर २४–एनआईसी एशिया बैंक लिमिटेडकोे सहायक कम्पनी एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाको दोस्रो साधारणसभा सम्पन्न भएको छ । सञ्चालक समितिका अध्यक्ष अर्जुनराज खनियाँको अध्यक्षतामा भएको साधारणसभाले सञ्चालक समितिको प्रतिवेदनसहित गत आर्थिक वर्षको वित्तीय विवरण पारित गरेको छ ।

यस्तै, नियामक निकायलगायतका कार्यालयहरूबाट आवश्यक स्वीकृति प्राप्त भएपछि सर्वसाधारणलाई प्राथमिक सेयर निष्कासन गर्ने निर्णय पनि गरेको छ । साथै, सोमबार बसेको संस्थाको ३९औं सञ्चालक समितिको बैठकले कपिल ढकाललाई सञ्चालक समितिको अध्यक्ष चयन गरेको छ । ढकाल हाल बैंकको कार्यकार्य निर्देशक हुन् ।

अध्यक्ष ढकालसँग आईसीआईसी बैंक तथा विश्व प्रसिद्ध परामर्शदाता कम्पनी डीलोटीमा काम गरेको अनुभव छ । यस लघुवित्त वित्तीय संस्थाले स्थापनाको छोटो समयमै दुर्गम जिल्ला जाजरकोटमा रजिष्टर्ड कार्यालय स्थापना गरेको छ । यस्तै, वित्तीय पहुँच नपुगेका स्थानहरूलाई प्राथमिकता दिई १९ जिल्लाहरूमा ६१ शाखा कार्यालय स्थापना गरेको सहायक प्रमुख कार्यकारी अधिकृत सुविन काजी श्रेष्ठले जानकारी दिए ।

Featured