देश

रंगशालामा प्रहरीद्वारा सर्वसाधारणमाथि दुर्व्यवहार, फोटो खिच्ने पत्रकार पनि कुटिए

काठमाडौं, मंसिर २४–१३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को समापन कार्यक्रम हेर्न टिकट लिन गएका सर्वसाधारणमाथि प्रहरीले दुर्व्यवहार गरेको छ । मंगलबार बिहान प्रहरीले धरपकड गर्दै सर्वसाधारणमाथि कुटपिट गरेको हो । प्रहरीले सर्वसाधारणमाथि गरेको दुर्व्यवहारको फोटो खिच्ने पत्रकारलाई पनि कुटेको छ ।

प्रहरीले फोटो खिच्न लाग्दा खेल पत्रकार सुमन चापागाईंलाई कुटपिट गरी घाइते बनाएको छ । आज समापन भएकाले टिकट लिन धेरैको भीड थियो । प्रहरीले सर्वसाधारणलाई सम्झाउनुको साटो भीड गरेको भन्दै धरपकड गरेर कुटपिट गरेको थियो । सोह दृश्य क्यामेरामा कैद गर्न लागेका पत्रकार चापाइगाईंलाई पनि प्रहरीले कुटपिट गरेको हो । घाइते चापागाईंको त्रिपुरेश्वरस्थित ब्लुक्रस अस्पतालमा उपचार भइरहेको छ।

Featured