खेलकुद देश

सनिल शाहीले दिलाए नेपाललाई ५०औं स्वर्ण पदक

काठमाडौं, मंसिर २४–१३औं दक्षिण एसियाली खेलकुद (साग) मा ५० स्वर्ण पदक जितेको छ । नेपालका लागि सनिल शाहीले बक्सिङमा स्वर्ण पदक दिलाएका हुन् ।

उनले ६० केजी तौल समूहको फाइनलमा भारतका वरिन्दर सिंहलाई पराजित गर्दै स्वर्ण जितेका हुन् । योसँगै नेपालले सागमा पहिलो पटक ५० स्वर्ण पदक जितेको हो । यसअघि नेपालले आठौं सागमा ३१ स्वर्ण पदक जितेको थियो ।

Featured