देश

वीरगञ्जको शिवनगरमा आमाछोरीको शब सडेको अवस्थामा भेटियो

पर्सा, २४ मंसिर–वीरगञ्ज महानगरपालिका–१२ शिवनगर नयाँ टोलमा सडेको अवस्थामा आमा–छोरीको शव फेला परेको छ । कलैयाँ उपमहानगरपालिका–२६ महेशपुरका पवन साहकी अन्दाजी २२ वर्षीय श्रीमती र साढे दुई वर्षकी छोरी मृत अवस्थामा भेटिएका हुन् । उनीहरु स्थानीय मोहन झाको घरमा डेरा गरेर बस्दै आएका थिए । आमा–छोरी दुवैको शव कुहिएको अवस्थामा फेला परेको छ ।

घरमा दुर्गन्ध फैलिएपछि घरबेटी झाले वडा प्रहरी कार्यालय श्रीपुरमा खबर गरेका थिए । प्रहरी निरीक्षक चक्रबहादुर मल्ल नेतृत्वको टोलीले ढोकाको ताल्चा फुटाएर हेर्दा शब कुहिएको अवस्थामा भेटिएको हो । शब कपडाले बेरेर राखिएको र घटनास्थलको प्रकृति हेर्दा केही दिनअघि नै हत्या गरेको हुनसक्नेजस्तो देखिएको प्रहरीले जनाएको छ । पेन्टिङको काम गर्दै आएका पवन फरार छन् । प्रहरीले घटनास्थलको प्रकृति मुचुल्का गरेर प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

Featured