खेलकुद विदेश

आर्सनलको जितबिहीन यात्रा ९ खेलपछि टुंगियो

एजेन्सी, २४ मंसिर–आर्सनलले ९ खेलसम्मको आफ्नो जितबिहीन यात्रा टुंग्याएको छ । गएराति भएको खेलमा आर्सनलले वेष्टह्यामलाई ३–१ ले पराजित गर्दै ९ खेलदेखिको जितबिहीन यात्रा अन्त्य गरेको हो । पहिलो हाफमा १–० ले पछि परेको आर्सनलले दोस्रो हाफमा उत्कृष्ठ पुनरागमन गर्दै जित निकालेको हो । अन्तरिम प्रशिक्षक फ्रेडी लियोङ्गबर्गको प्रशिक्षणमा आर्सनलले पहिलो जित दर्ता गरेको हो ।

खेलको ३८ औं मिनेटमा एन्जेलो ओग्बोनाले गोल गर्दै वेष्ट ह्यामलाई अग्रता दिलाएका थिए । आर्सनलका लागि गाब्रिएल मार्तिनेलीले ६० औं मिनेटमा बराबरी गोल गरे । त्यसको ६ मिनेटपछि निकोलास पेपेले गोल गर्दै आर्सनललाई अग्रता दिलाए भने त्यसको तीन मिनेटपछि नै पिएर एमरिकले गोल गर्दै आर्सनललाई महत्वपूर्ण तीन अंक दिलाए । जितपछि १६ खेलबाट २२ अंक जोडेको आर्सनल नवौँ स्थानमा पुगेको छ भने १६ अंकसहित वेष्ट ह्याम १६ औं स्थानमा छ ।

Featured