देश

विद्युतीय चुल्हो प्रवर्र्धन गर्दै सरकार

काठमाडौं, मंसिर २४–वैकल्पिक ऊर्जा प्रवर्द्र्न केन्द्रले विद्युतीय चुल्हो प्रवर्द्र्न गर्ने अभियान अघि सारेको छ । आगामी वर्षा यामदेखि विद्युत् मागभन्दा बढी भएर खेर जाने अवस्था रहेको भन्दै चिन्ता प्रकट भइरहेका बेला केन्द्रले विद्युतीय चुल्होको अभियान अघि सारेको हो । चालू आर्थिक वर्ष्भित्र थप एक हजार ५ मेगावाट उत्पादनसँगै विद्युत् खेर जानसक्ने विद्युत् प्राधिकरणले प्रक्षेपण गरेको भने विद्युत्को खपत बढाउन विद्युतीय चुल्हो प्रवर्द्र्न तथा विद्युतीय सवारी साधनको प्रवर्द्र्नलाई प्राधिकरणले जोड दिँदै आएको छ ।

सुधारिएको चुलहो निर्माणको अभियानसँगै सञ्चालन गरेको केन्द्रले विद्युतीय चुल्हो इन्डक्सनकोसमेत प्रवद्र्धनका लागि अभियान अघि बढाउन लागेको केन्द्रका कार्यकारी निर्देशक मधुसुदन अधिकारीले जानकारी दिए । ‘अहिले सामुदायिक विद्युतीकरण भएका क्षेत्रहरूका लागि १० सहकारी संस्थामार्फत १० हजार विद्युतीय चुल्हो इन्डक्सनको प्रवर्द्र्नको अभियान अघि सारेका छौं,’ उनले भने, ‘अभियानको रूपमा सुरु गरेका छौं, यसलाई निरन्तरता दिन्छौं ।’ यो समाचार आजको कारोवार दैनिकले छापेको छ।

Featured