देश

प्रहरीभित्र अनेक चलखेल, आइजीपीको कार्यकाल थप्न दौडधुप

काठमाडौं, मंसिर २४–प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको अवकाश मिति नजिकिँदै जाँदा प्रहरीभित्र अनेक चलखेल अघि बढेका छन् । नयाँ आईजीपी बन्नका लागि स्वभाविक रुपमा दौडधुप हुने नै भयो, त्यसका साथै विगतमा जस्तै ३० वर्षे सेवाहद हटाउन समेत दौडधुप चलेको छ । पछिल्लो समय प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको कार्यकाल ६ महिना थप्ने हल्लाले प्रहरी तरंगित भएको छ । स्रोतका अनुसार कार्यकाल थप्न केही शक्तिकेन्द्रमा यसबारे छलफल समेत भइसकेको छ । आईजीपीको पछिल्लो ब्याचका उम्मेदवारहरु ‘पावर’ का हिसाबले कमजोर रहेकाले खनालले पदावधि थप्नका लागि लविङ गरेका छन् ।

यसमा गृहमन्त्री रामबहादुर थापा सकारात्मक रहेको बताइएको छ । ब्याचकमा अन्यलाई अवकाश दिने र प्रहरी नियमावली संशोधन गरेर आईजीपीको हकमा कायृकाल थप गर्न सकिन्छ । प्रहरीको अवकाशसम्बन्धी प्रावधान निमावलीमा मात्र भएकाले क्याबिनेटले यस्तो निर्णय गर्न सक्छ । यद्यपि सर्वोच्च अदालदतले अवकाशको उमेर, पदावधि तथा सेवा हदको विषय ऐनमै राख्न आदेश दिएको धेरै वर्ष बितिसकेको छ ।

त्यसो त केही समयअघि महानिरीक्षक खनाललाई हटाउने चर्चा पनि चलेको थियो । सरकारले अमेरिका भ्रमण रोकेपछि त्यस्तो हल्ला गरिएको थियो । तर प्रधानमन्त्री ओलीसँग ‘ठिकठाक’ सम्बन्ध रहेको स्रोत बताउँछ । प्रधानमन्त्रीले हटाउन चाहेको भए उहिले नै हटाइसक्थे,’ प्रधानमन्त्री निकट एक अधिकारी भन्छन्, ‘पछिल्लो समय प्रधानमन्त्रीसँग आईजीपीको राम्रै सम्बन्ध छ । दृष्टि साप्ताहिक

Featured