खेलकुद देश

भूपेन्द्रले जिते बक्सिङमा स्वर्ण

काठमाडौं, मंसिर २३–१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बक्सिङमा नेपालका भूपेन्द्र थापा मगरले स्वर्ण पदक जित्न सफल भएका छन् । सातदोबाटोस्थित कराते हलमा भएको भिडन्तमा भूपेन्द्रले ६४ केजी तौल समूहमा स्वर्ण पदक जितेका हुन् । उनले भारतका मनिष कौसिकलाई हराउँदै स्वर्ण जितेका हुन् । जारी १३औं सागमा यो नेपालले जितेको ४७औं स्वर्ण पदक हो ।

Featured