देश

प्रभु बैंक र गोर्खा सत्याग्रहबीच खाता सञ्चालन सम्झौता

काठमाडौं, मंसिर २३–प्रभु बैंक र गोर्खा सत्याग्रह समिति नेपालबीच स्पेशल स्पेशल सेभिङ खाता सञ्चालन गर्ने विषयमा सम्झौता भएको छ । सोमबार प्रभु बैंकको कार्यालयमा स्पेशल सेभिङ खाता सञ्चालनको सम्झौता भएको हो । सम्झौताअनुसार, खाता खोल्ने ब्रिटिश सैनिकहरूले लकर सेवाबापत लाग्ने शुल्क, ड्राफ्ट, ट्राभल कार्ड तथा मोबाइल बैंकिङ उपभोगको सेवा शुल्कमा ५० प्रतिशत छुट पाउनेछन् ।

पूर्वगोर्खाले सहुलियत पाउन भन्ने उद्देश्यले यस्तो सम्झौता गरिएको समितिका अध्यक्ष कृष्णबहादुर राईले जानकारी दिए । ‘समितिमा सबै गोर्खालाई आवद्ध गर्ने गरी प्रक्रिया अगाडि बढाइरहेका छौं, यो सम्झौताले मासिक पेन्सन बुझ्ने पूर्वगोर्खालाई सुविधा पुग्ने भएको छ’, सम्झौतापछि शिलापत्रसँग कुरा गर्दै अध्यक्ष राईले भने ।

अध्यक्ष राईका अनुसार अहिले मासिक पेन्सन पाउने पूर्वगोर्खा (मृतक सैनिकका श्रीमतीसहित) को संख्या करिब २२ हजार छ । यसरी पेन्सन पाउनेहरूले वार्षिक ३७ अर्ब रुपैयाँ जति रकम लिने गरेको अध्यक्ष राईले जानकारी दिए ।

Featured