देश

एनआईसी एशिया र द्वारिकाज ग्रुपबीच छुट दिनेसम्बन्धी सम्झौता

काठमाडौं, मंसिर २३–एनआईसी एशिया बैंक र द्वारिकाज होटलबीच बैंकका ग्राहकहरूलाई छुट दिनेसम्बन्धी सम्झौता भएको छ । सोसम्बन्धी सम्झौतापत्रमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठी र द्वारिकाज ग्रुपका इन्टरनेशनल मार्के्टिङ एण्ड कम्युनिकेशन म्यानेजर सुनिता गुरुङले हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार अबदेखि द्वारिकाज ग्रुपका विभिन्न रेष्टुरेण्टहरूमा एनआईसी एशिया बैंकका डेबिट एवं क्रेडिट कार्ड प्रयोगकर्ताहरूलाई १५ प्रतिशतसम्म छुट दिइने भएको छ । बत्तिसपुतलीस्थित द्वारिकाज होटलका तोरण रेष्टुरेण्ट, फ्युजन बार, मोकोज जापानिज रेष्टुरेण्ट, द्वारिकाज ग्रुपकै गार्डेन अफ ड्रिम्सस्थित केइजर क्याफे, पाटन संग्रहालयस्थित पाटन म्युजियम क्याफेमा १० प्रतिशतसम्म छुट र बत्तिसपुतलीस्थित कृष्णार्पण रेष्टुरेण्टमा १५ प्रतिशतसम्म छुट प्रदान गरिने बैंकले बताएको छ ।

बैंकले हाल देशभर रहेका ३ सय १० शाखा कार्यालय, ४ सय १ एटीएम, ९३ वटा एक्स्टेन्सन काउण्टर एवं ४४ वटा शाखारहित बैंकिङ सेवामार्फत् बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ । झण्डै १९ लाखभन्दा बढी ग्राहकका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरू उत्साहप्रद रहेका छन् । उत्तरदायी बैंकिङको अभ्यास गर्दै आएको बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब ३ अर्ब १५ करोड रुपैयाँभन्दा बढी राजस्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ । यस्तै, मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यानलगायतका दुर्गम जिल्लाहरू तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेका ३४ भन्दा बढी स्थानीय तहहरूमा शाखा विस्तार गरी बैंकले कारोबार गर्दै आइरहेको छ ।

Featured