काठमाडौं, मंसिर २३–१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत जुडोकी पुनम श्रेष्ठले नेपाललाई स्वर्ण पदक जिताएकी छिन् । पुनमले महिला ७८ केजी तौल समूहमा बंगलादेशकी फरिना खानोमलाई पराजित गर्दै स्वर्ण हात पारेकी हुन्।
भारतकी नवनित कौरलाई पराजित गर्दै पुनम सेमिफाइनल पुगेकी थिइन् । यो जुडोमा नेपालको दोस्रो स्वर्ण हो भने १३औं सागमा जितेको ४८औं स्वर्ण पदक हो।
प्रतिक्रिया दिनुहोस