खेलकुद देश

गौरिकाले जितिन् कीर्तिमानी चौथो स्वर्ण

काठमाडौं, मंसिर २३–पौडी खेलाडी गौरिका सिंहले १०० मिटर फ्रिस्टाइलमा स्वर्ण पदक जित्दै कीर्तिमान कायम गरेकी छिन् । जारी १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा उनले चारवटा स्वर्ण पदक जित्न सफल भएकी छिन् ।

गौरिकाले सागको एकै संस्करणमा चारवटा स्वर्ण जित्ने कीर्तिमान बनाएकी छिन् । यसअघि तेक्वान्दोका दीपक विष्टले सागमा सर्वा्धिक चार स्वर्ण जितेका थिए । गौरिकाले दीपकको कीर्तिमान बराबरी गरेकी छन् । योसहित नेपाल जारी सागमा ४९ वटा स्वर्ण पदक जित्न सफल भएको छ ।

Featured