देश

किशोरी बलात्कार आरोपमा एक जना पक्राउ

धनगढी, मंसिर २३–१७ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले जबर्जस्ती करणी गरेको अभियोगमा कैलालीको मोहन्यालय गाउँपालिका–१ चायाभाबर बस्ने २० वर्षीय टेक बिकलाई पक्राउ गरेको हो ।

बिकले ती किशोरीलाई जबर्जस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय सुखडकपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक दक्ष कुमार बस्नेतले बताए । उनलाई पक्राउ गरी प्रहरीले अनुसन्धान जारी राखेको छ ।

Featured