देश

नेम्वाङ, सिटौला र शाक्यलाई बोलाएर अन्तरक्रिया गर्दै संसदीय समिति

काठमाडौं, मंसिर २३–राष्ट्रिय सभाअन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले सरकारले दिएका आश्वासनको कार्यान्वयन, महत्त्वपूर्ण राष्ट्रिय दस्तावेजको संरक्षण र प्रत्यायोजित विधायनका सम्बन्धमा सुझाव लिन राजनीतिज्ञ र विज्ञसँग अन्तरक्रिया गर्ने भएको छ ।

समितिले संविधानसभामा सभामुख सुभाषचन्द्र नेम्वाङसँग सरकारी आश्वासन कार्यान्वयनका सम्बन्धमा, पूर्वउप्रधानमन्त्री कृष्णप्रसाद सिटौलासँग राष्ट्रिय महत्त्वका दस्तावेज र सामग्रीको संरक्षणका सम्बन्धमा जानकारी र सुझाव लिन अन्तर्क्िरया गर्ने भएको हो । समितिले नेपाल सरकारका पूर्वमुख्य सचिव तीर्थमान शाक्य र डा. विपिन अधिकारीसँग प्रत्यायोजित विधायनका सम्बन्धमा अन्तर्क्िरया कार्यक्रम आयोजना गरेको हो ।

आगामी ४ र ५ गते दुई दिने अन्तर्क्िरया कार्यक्रमले समितिले गर्दै आएको कामलाई अझ थप सुझाव प्राप्त हुने समितिले जनाएको छ । समिति सभापति रामनारायण बिडारीको अध्यक्षतामा बसेको समिति बैठकले प्रत्येक प्रदेशमा प्रदेशका सांसदहरूसँग गर्दै आएको अन्तर्क्िरयालाई निरन्तरता दिँदै सुदूरपश्चिम र कर्णाली प्रदेशमा यसै साता आयोजना गर्ने निर्णय गरेको हो ।

Featured