खेलकुद देश

महिला फुटबल टिमका प्रशिक्षक हरि खड्काद्वारा राजीनामाको घोषणा

काठमाडौं, मंसिर २३–नेपाली महिला फुटबल टोलीका प्रशिक्षक हरि खड्काले पदबाट राजीनामाको घोषणा गरेका छन् । १३औं सागअन्तर्गत सोमबार भएको खेलमा नेपाली महिला टोली स्वर्ण पदक हात पार्नबाट चुकेपछि खड्काले राजीनामा घोषणा गरेका हुन् ।

नेपाली महिला टोली भारतसँग २–० ले पराजित हुँदै रजतमा सीमित भएको हो । यो पराजयको जिम्मेवारी लिँदै आफूले राजीनामा दिन लागेको प्रशिक्षक खड्काले बताए । सागअन्तर्गत भएको लिग चरणको खेलमा पनि नेपाली महिला फुटबल टोली भारतसँगै १–० ले पराजित भएको थियो ।

Featured