खेलकुद देश

कप्तान निरु थापा र मनमायाले लिए अन्तर्रा्ष्ट्रिय फुटबलबाट सन्न्यास

काठमाडौं, मंसिर २३–राष्ट्रिय महिला फुटबल टिमकी कप्तान निरु थापा र मनमाया लिम्बुले अन्तर्रा्ष्ट्रिय फुटबलबाट सन्न्यास लिएको घोषणा गरेका छन् । १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबलको फाइनलमा भारतसँग २–० ले पराजित भए लगत्तै निरु र मनमायाले सन्न्यासको घोषणा गरेका हुन् ।

यसअघि प्रशिक्षक हरि खड्काले पनि स्वर्ण जिताउन असफल भएपछि पदबाट राजिनामा दिएको घोषणा गरेका थिए । कप्तान निरु फरवार्डका रुपमा खेल्छिन् भने मनमायाले टिमको डिफेन्स सम्हाल्छिन् । कप्तान निरुले सागमा नेपाललाई स्वर्ण पदक जिताएर सन्न्यास लिने चाहना रहेको बताउँदै आएकी थिइन् । तर, भारतसँग पराजित भएपछि उनको सन्न्यास आशातित रुपमा सुखद हुन सकेन । अहिलेसम्म भारतले नेपाललाई सागको महिला फुटबल फाइनलमा तीनपटक निराश बनाइसकेको छ ।

Featured