देश

अन्तुको होमस्टेमा आगलागी, करिब २६ लाखको क्षति

विराटनगर, मंसिर २३–इलामको सूर्योदय नगरपालिका–५, अन्तुडाँडामा सोमबार बिहान आगलागी हुँदा २६ लाख रुपैयाँबराबरको क्षति भएको छ । स्थानीय मानवीर तामाङको फ्याफुल्ला होमस्टेमा विद्युत सर्ट भई आगलागी हुँदा सो मूल्यबराबरको क्षति भएको हो ।

आगलागीबाट घरभित्र रहेको चार तोला सुनका गरगहना, नगद ५ लाख तथा धनमाल जलेर नष्ट भएको छ । आगलागी स्थानीयवासी र प्रहरीको सहियोगमा पूर्ण रूपमा नियन्त्रणमा लिएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

Featured