विदेश

तुन्जीले जितिन् २०१९ को ब्रह्माण्ड सुन्दरीको ताज

एजेन्सी, मङ्सिर २३–एटलान्टामा आइतबार सम्पन्न विश्व सुन्दरी प्रतियोगिताको फिनालेमा ब्रह्माण्ड सुन्दरी मिस युनिभर्सको ताज दक्षिण अफ्रिकी जोजिबीनी तुन्जीले जितेकी छिन् । महिला सशक्तीकरणलाई मुख्य विषयवस्तु बनाएर दिइएको प्रस्तुतिका आधारमा २६ वर्षीया जोजिबीनी तुन्जीले मिस युनिभर्सको ताज जितेकी हुन् । पुएर्टो रिको र मेक्सिकोका सुन्दरी पनि फाइनलमा पुगेका थिए । तुन्जीले आफ्नो समापन भाषणमा युवायुवतीलाई आत्मविश्वास महसुस गर्न सशक्त बनाउने कुरा गरेकी थिइन् ।

‘म यस्तो संसारमा हुर्कें जहाँ मेरो जस्तो छाला र मेरो कपालको बनावट भएकी एउटी महिलालाई कहिल्यै सुन्दर मानिँदैन । मलाई लाग्छ, अब यस्तो समय रोकिएको छ ।’ एटलान्टाको टायलर पेरी स्टुडियोमा आयोजित यस भव्य प्रतियोगितामा तुन्जीले मिस युनिभर्सका लागि भेला भएका ९० भन्दा बढी प्रतियोगीलाई हराएकी थिइन् । फिलिपिन्सकी क्याट्रिओना ग्रेले तुन्जीलाई युनिभर्सको ताज लगाइदिएकी थिइन् । सन् २०१८ मा ग्रेले मिस युनिभर्सको ताज जितेकी थिइन् ।

Featured