देश

गृहमन्त्रीको राजीनामा माग गर्दै काठमाडौंमा नेविसंघको प्रदर्शन

काठमाडौं, मंसिर २३–बाँकेको कोहलपुरमा भएको घटनाको विरोधमा काठमाडौंमा नेविसंघले प्रदर्शन गरेको छ । आइतबार कोहलपुरमा प्रहरीले विद्यार्थीहरुमाथि दमन गरेको भन्दै नेविसंघले काठमाडौंको चाबहिलमा विरोध प्रदर्शन गरेको हो । प्रहरीले दमन गरेको भन्दै नाराबाजी गर्दै गृहमन्त्रीको राजीनामा मागेका छन् ।

नेविसंघ काठमाडौं जिल्ला समितिको आयोजना र पशुपति क्याम्पस इकाइ समितिको संयोजनमा गरिएको प्रदर्शनमा नेविसंघका नेताहरुले विद्यार्थीमाथि गोली चलाउन आदेश दिने गृहमन्त्रीले राजीनामा दिनुपर्ने भन्दै प्रदर्शन गरेका छन् ।

Featured