खेलकुद देश

सागमा नेपालको उत्कृष्ट प्रदर्शनः ऐतिहासिक ४५ स्वर्ण जित्न सफल

काठमाडौं, मंसिर २२–काठमाडौं, पोखरा र जनकपुरमा संयुक्त रुपमा आयोजित १३औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले इतिहासकै उत्कृष्ट प्रदर्शन गरेको छ । १९९८ मा नेपालमै आयोजना भएको ८औं सागको प्रदर्शन नेपालको अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन थियो ।

तर, त्यसलाई पनि छायाँमा पार्दै नेपालले जारी सागमा उत्कृष्ट प्रदर्शन गरेको हो । ८औं सागमा नेपालले ३१ स्वर्ण, १० रजत र २४ कास्यसहित कुल ६५ पदक हात पारेको थियो । तर, १३औं सागमा नेपालले ४५ स्वर्ण, ४१ रजत र ७५ कास्यसहित १६१ पदक जितिसकेको छ । मंगलबारसम्म चल्ने सागमा अझै ९८ स्वर्णका लागि प्रतिस्पर्धा बाँकी नै छन् ।

Featured