खेलकुद देश

महेन्द्र मोरङ क्याम्पसमा ‘स्पोर्टस् कम्पिटिसन’ सुरु

विराटनगर, मंसिर २२-विराटनगर स्थित महेन्द्र मोरङ आदर्श बहुमुखि क्याम्पसमा ‘स्पोर्टस् कम्पिटिसन’ सुरु भएको छ । राष्ट्रिय जनता पार्टी नेपाल(राजपा) निकट विद्यार्थी संगठन राष्ट्रिय विद्यार्थी संगठनमा आयोजनामा सुरु भएको ‘स्पोर्टस् कम्पिटिसन’ को उद्घाटन प्रमुख अतिथी राजपा नेपाल मोरङ अध्यक्ष मो. कादीरले गरे ।

१० दिन सम्म चल्ने उक्त ‘स्पोर्टस् कम्पिटिसन’ को आज पहिलो दिन सो क्याम्पसमा अध्ययनरत स्नातक तहका विद्यार्थीहरुबीच ब्याडमिन्टन खेल भएको थियो । सोमबारदेखी क्रिकेट खेल हुने जनाइएको छ । ‘स्पोर्टस् कम्पिटिसन’ को उद्घाटनमा राजपा नेपालका केन्द्रीय सदस्य इनामुल हक, जिल्ला उपाध्यक्ष प्रवीण जैन, समाजसेवी दिलिप धाडेवा, युवा नेता सलिम अन्सारी लगायतको उपस्थिती रहेको राष्ट्रिय विद्यार्थी संघ मोरङ अध्यक्ष विपुल झाले जानकारी दिए ।

Featured