देश

१३औं सागको सुरक्षा अनुगमन गर्न आईजीपी पोखरामा

काठमाडौं, मंसिर २२–१३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को सुरक्षा अवस्थाबारे जानकारी लिन प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनाल पोखरा पुगेका छन् ।

आईजीपी खनालले पोखरामा जारी सागका विभिन्न प्रतियोगिताको सुरक्षा अवस्थाबारे आइतबार जानकारी लिएको पोखरा प्रहरीले जनाएको छ । आईजीपी खनाल १३औं सागको सुरक्षा संयोजक हुन् । साग खेल काठमाडौं, पोखरा र जनकपुरमा सञ्चालन भइरहेको छ । १५ मंसिरबाट सुरु भएको साग २४ मंसिरमा समापन हुँदैछ ।

Featured