देश मनोरंजन

अञ्जु पन्तको ‘बोलाउ तिमी’ सार्बजनिक

काठमाडौं, मंसिर २२–गायक बादल लिम्बूको नयाँ गीत ‘बोलाउ तिमी’को भिडियो सार्वजनिक भएको छ । गायिका अञ्जु पन्त र बादल लिम्बूको युगल गायन रहेको गीतमा बादल लिम्बूको संगीत छ । गीतका शब्द भद्रकला आङबुहाङ राईले लेखेकी हुन् । पार्श्व गायनबाट संगीत यात्रा सुरु गरेका गायक लिम्बूको चलचित्र होमवर्कमा समावेश ‘हराएँ म तिम्रो’ बोलको गीत चर्चित छ । यस अघि १ सयभन्दा बढी गीतमा आफ्नो संगीत दिसकेका लिम्बूले गायक राजेश पायल राईको दर्शन नमस्ते चार एल्बममा रहेको गीतमा समेत संगीत दिएका छन् ।

पहिलो नेपाली आइडलसमेत रहेका गायक लिम्बूको स्वरमा ५० भन्दा बढी गीत सार्वजनिक भइसकेका छन् । ‘बोलाउ तिमी’ रोमान्टिक लभ गाना हो । भिडियोमा लक्षु शर्मा, प्रकाश शर्मा र हाल कमेडी च्याम्पियन शोमा होस्टका रूपमा रहेकी नायिका तथा मोडेल रीमा विश्वकर्माको अभिनय छ । बियोण्डको निर्देशनमा बनेको भिडियोमा एकदेव लिम्बू सहायक निर्देशक हुन् । भिडियोमा बिकाश मगरको छायांकन तथा सम्पादन छ ।

Featured