देश

जुडोमा नेपालकी देविकाले जितिन् स्वर्ण

काठमाडौं, मंसिर २२–१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत जुडोमा नेपालले स्वर्ण पदक जितेको छ । ५२ केजीमुनि महिला जुडोमा देविका खड्काले नेपाललाई स्वर्ण दिलाएकी हुन् ।

श्रीलंका, भारत र बंगलादेशका खेलाडीलाई राउन्ड रोबिन लिगमा पछि पार्दै देवीका स्वर्ण पदक जित्न सफल भइन् । १३औं सागमा नेपालले जुडोमा पहिलो स्वर्ण जितेको हो ।

Featured