खेलकुद देश

पाकिस्तानका दाजुभाइलाई भारोत्तोलनमा स्वर्ण

पोखरा, मंसिर २२–१३औं सागअन्तर्गत पोखरामा जारी भारोत्तोलन प्रतियोगितामा पाकिस्तानका दाजुभाइले स्वर्ण जितेका छन् । चार दिनसम्म पोखरामा चलेका प्रतियोगिताको अन्तिम दिन आइतबार पुरुष १०९ तौल समूह र १०९ प्लस तौल समूहको पुरुषतर्फका खेलमा दाजुभाइले स्वर्ण जितेका हुन् ।

१०९ तौल समूहमा पाकिस्तानी खेलाडी हन्जाला दस्तगिर वुटले स्वर्ण जितका हुन । उनले स्न्याचतर्फ १५० र क्लीन एण्ड जर्कमा १८१ सहित कुल ३३१ किलो भार बहन गर्दै स्वर्ण जित्न सफल भएका हुन् । त्यसैगरी, १०९ प्लस तौल समूहमा पाकिस्तानकै मोहम्मद नुह दस्तगीर वुटले स्वर्ण जिते । उनले स्न्याचमा १६५ र क्लीन एण्ड जर्कमा २१५ गरी कुल ३८० तौल उठाएका हुन् । सो तौल जारी संस्करणको सर्वा्धिक भार बहन हो ।

Featured