देश

विकासका लागि विज्ञान र प्रविधि आवश्यक : शिक्षामन्त्री पोख्रेल

काठमाडौं, मंसिर २२–शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विकासका लागि विज्ञान र प्रविधि आवश्यक भएको बताएका छन् । त्रिभुवन विश्वविद्यालय, नेशनल एटमसफेरिक रिसोर्स एण्ड इनभारोमेन्टल रिसर्च ल्याबरोटरी (नारेल) को काठमाडौं कीर्तिपुरमा निर्माण गर्न लागिएको प्रयोगशाला भवनको आइतबार बिहान शिलान्यास गर्दै सो कुुरा बताएका हुन् ।

उनले प्रयोगशाला निर्माण भएपछि विश्वविद्यालयले विश्वका प्रतिष्ठित वैज्ञानिकहरुसँग सहकार्य गर्ने नेतृत्व लिनसक्ने विश्वास समेत व्यक्त गरे । त्यस्तै कार्यक्रममा मन्त्री पोखरेलले नेपालमा केही गर्न सकिँदैन भन्ने नेपाली वैज्ञानिकहरुको सोचलाई परिवर्तन गर्न सफल हुने समेत बताए ।

Featured