देश

दाङको ‘५५ झ्याले दरबार’ जीर्ण अवस्थामा

;+/If0fsf] kvf{Odf %% emofn] b/jf/ 3f]/fxL, @@ dªl;/M bfªsf] u9jf ufpFkflnsf ^ uf]j/l8ofdf cjl:yt Ps ;o %) aif{ k'/fgf] %% em\ofn] b/jf/ hL0f{ cj:yfdf . tTsfnLg /fhkl/ifb :yfoL ;ldltsf ;efklt kz{'gf/fo0f rf}w/Lsf a'af hf]vgk|;fb rf}w/Ln] sl/a gf} jif{ nufP/ of] b/jf/ lgdf{0f u/]sf lyP . t:jL/M /Ltf nfdf ÷ /f;;

घोराही, मंसिर २२–भक्तपुरमा राजा जितामित्र मल्लका पालामा निर्मित ५५ झ्याले दरबारलाई सम्झाउने यहाँ पनि अर्को ‘दरबार’ छ । दाङ जिल्लाको लमही नगरपालिकाबाट दक्षिणमा पर्ने गढवा गाउँपालिका(३ मा अवस्थित गोबरडिहाको चारैतिर प्राकृतिक मनोरम दृश्यबीच राप्ती नदी छेउको विशाल भवनलाई जिल्लाबासीले ५५ झ्याले दरबार भनेर चिन्छन् । १५० वर्षअघि भारतबाट सिकर्मी झिकाएर उक्त भवन तयार पारिएको थियो । भारतको गोरखपुरदेखि कोइलाबास नाकाको तुलसीपुर नजीकै बालारामपुरबाट समेत कालिगढ आएर बनाएको स्थानीयवासी ज्येष्ठ नागरिक बताउँछन् । काठ, इँटा र प्लास्टर सामग्री स्थानीय नै प्रयोग भए पनि आधुनिक तवरले निर्माण गरिएको हुँदा कालिगढ भने भारतबाट झिकाइएको थियो।

भवन निर्माणको सुरुआत विसं १९१८ मा भएको थियो । भनिन्छ उक्त भवन तयार हुन नौ वर्ष लाग्यो । राजनीतिज्ञ परशुनारायण चौधरीका बुबा जोखनप्रसादले उक्त भवन बनाएका थिए । देउखुरीमा पर्ने उक्त भवन वातावरणमैत्री छ । भवनको बीच भाग खुला छाडिएको छ । अरु भाग निकै आकर्षक काष्ठकलाले सिंगारिएको छ । भवनको स्वरुप राजामहाराजा बस्ने दरबारजस्तै छ । संरचनामा कुमारीघरको समेत झल्को देखिन्छ । हनुमानढोका दरबारमा भए जस्तै काष्ठकला त्यसमा देखिन्छ ।

भवनका कोठामा झार पलाउन थालेका छन् । धमिराले काठ खान थालेको छ । भवनमा प्रयोग गरिएका काष्ठकला अझै बिग्रेको छैन । यसको संरक्षण भने भएको छैन । देउखुरीको उक्त ऐतिहासिक धरोहरलाई बाहिर चिनाउन कतैबाट पहल भएको छैन । पारिवारिक सदस्यले त्यसलाई पुरातात्विक हिसाबसँगै ऐतिहासिक धरोहरका रूपमा स्थापित गर्न चाहे पनि सरकारले त्यसलाई सहज रूपमा स्वीकार नगरेको परिवारका एक सदस्य मनोज चौधरीको भनाइ छ । करिब एक बिघा क्षेत्रफलमा फैलिएको मनमोहक उक्त भवन संरक्षण गर्न नसक्दा ओझेलमा परेको छ । स्थानीय तहले त्यसलाई संरक्षण गर्न चासो देखाएमा यसलाई संग्रहालय बनाउन सकिने भए पनि वडा तथा गाउँपालिकाले यसका विषयमा केही प्रयास नथालेको स्थानीय आशाराम चौधरीले बताए ।

‘नेपाल सरकार पुरातत्व विभागले एक सय वर्ष पुराना ऐतिहासिक धरोहरलाई संरक्षण प्रदान गर्दै आएको छ । पुरातत्व विभागले एक पटक निरीक्षणबाहेक यहाँ केही गरेको छैन,’ उनले भने, ‘दुई वर्षअघि पुरातत्व विभागका कर्मचारी आएर यो भवनलाई पुरातात्विक संरचनामै राखेर मर्मत तथा सम्भार गर्ने आश्वासन दिएर गए पनि अहिलेसम्म कदम चालिएको छैन ।’ त्यस बेला ५५ झ्याल र भवनको चौखण्डमा सिंहको आकृति बनाएको भन्दै तत्कालीन राणाहरूले भवन बनाउने जोखनप्रसादमाथि सार्वजनिक मुद्दासमेत चलाएका थिए । प्रदेशले दिएको बजेट पनि परिवारका केही सदस्यले भवन संरक्षणमा लगानी गर्न नदिएको भवन निर्माणकर्ता जोखनप्रसादका नाति कैलाशचन्द्र चौधरीले बताए ।

अहिलेसम्म परिवारकै सदस्यले यो ऐतिहासिक धरोहरलाई जोगाइराखेका छन् । संविधानसभाका सदस्य योगेन्द्र चौधरीले भवन संरक्षण गर्नुको सट्टा द्वन्द्वकालमा यसलाई भत्काउन लागिपरेको दुखेसो पोखे । देउखुरीमा ५५ झ्याले भवन बनाएसँगै जोखनका छोरा परशुनारायण चौधरीले पनि आफ्नो बस्तीमा अर्को राम्रो संरचना बनाएका थिए । यो राज्य संरचनालाई चुनौती थियो । उनले दाङमा राजखानदानको जस्तै संरचनाको भवन बनाएका थिए । प्रदेशसभा सदस्य इन्द्रजित थारू भने भवन क्षेत्रको सम्पत्ति सरकारीकरण हुने डरले परिवारका सदस्यले नै लगानी गर्न नदिएको बताउँछन् । प्रदेश सरकारले थारू संग्रहालय निर्माणका लागि लगानीको प्रयास गरे पनि पारिवारिक सहमति नजुट्दा समस्या भएको उनको भनाइ छ । (रासस)

Featured