देश

लैंगिक हिंसाविरुद्धको वर्ष कार्यान्वयन गर्न कार्ययोजना

n}lËs lx+;flj?4sf] jif{ cleofg pb3f6g sf7df8f}F, @@ dªl;/ M n}lËs lx+;flj?4sf] jif{ cleofgsf] …k|b]z:t/Lo cleofgÚ sf7df8f}Fdf cfOtaf/ pb3f6g ub{} pkk|wfgdGqL tyf /IffdGqL O{Zj/ kf]v/]n . t:jL/ M gjLg kf}8]n, /f;;

काठमाडौं, मंसिर २२–उपप्रधानमन्त्री ईश्वर पोखरेलले महिला हिंसा अन्त्यका लागि नीति र कार्यक्रम निर्माणसँगै त्यसलाई कार्यान्वयन गर्ने कुरा महत्वपूर्ण भएको बताएका छन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले लैंगिक हिंसाविरुद्धको वर्ष २०७६र७७ को अभियानअन्तर्गत आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले सरकारले बनाएका कार्यक्रम स्थानीयस्तरसम्म र्पुयाउनुपर्नेमा जोड दिए ।

लैंगिकताका आधारमा भइरहेका विभेद हटाएर सम्मानपूर्ण रुपले बाँच्न पाउने अधिकार सुनिश्चित गर्न सरकार क्रियाशील भएको उनको भनाइ थियो । ‘लैंगिक हिंसा पूर्ण रुपले हटाउन ऐन, नियमावली र कार्य्विधि बनाएर अघि बढ्नुपर्छ । सरकार समाजमा रहेका सबै खालका विभेद हटाएर सबै वर्ग, जाति र क्षेत्रलाई सम्मानपूर्ण रुपले बाँच्न पाउने वातावरण बनाउन लागिपरेको छ,’ रक्षामन्त्रीले भने।

लैंगिक हिंसा जोकसैले गरे पनि त्यसको भर्त्सना गर्नुपर्ने मन्त्री पोखरेलले बताए । पीडितलाई संरक्षण र उद्धारका लागि सरकार प्रतिबद्ध रहेको बताउँदै उनले औपचारिक र प्रायोजित कार्यक्रमले मात्रै हिंसा न्यूनीकरण नहुने स्पष्ट गरे ।

उक्त अवसरमा महिलामन्त्री पार्वत गुरुङले लैंगिक हिंसाविरुद्धको वर्ष कार्यान्वयन गर्न सरकारले कार्ययोजना बनाएको बताइन् । मन्त्रालयले सबै प्रदेशमा कार्यक्रम आयोजना गरिरहेको उनको भनाइ छ । मन्त्रालयले मर्या्दित महिनावारी नीतिको मस्यौदा तयार गरेको बताउँदै उनले भनिन्, ‘आगामी वर्षदेखि मर्या्दित महिनावारी दिवस मनाउने योजना रहेको छ ।’

मन्त्रालयका सचिव चन्द्रप्रसाद घिमिरेले हिंसा न्यूनीकरणका लागि घरघरबाट र समुदायस्तरबाटै अभियान सुरु गर्न आवश्यक रहेको बताए । अधिकारका क्षेत्रमा कार्यरत राधा पौडेलले मर्या्दित महिनावारी नीति कार्यान्वयन गर्नुपर्ने र छाउप्रथा पूर्ण रुपले अन्त्य गर्नुपर्ने औँल्याइन् ।

Featured