देश

सेयर बजार बढ्यो

काठमाडौं, मंसिर २२–सेयर बजार परिसूचक साताको पहिलो दिन आइतबार बढेको छ । गत साताभर करिब २० अंकले बढेको बजारमा यो साताको पहिलो दिन ३.४५ अंकले बढेको हो । कारोबारको अन्तिम आधा घण्टामा नेप्से करिब ८ अंकले बढेको छ । बैंक, व्यापार, होटल, विकास बैंक, अन्य र लघुवित्त समूह बढ्दा जलविद्युत, वित्त, निर्जीवन बिमा, उत्पादनमूलक, जीवन बिमा र म्युचुअल फन्ड समूह ओरालो लागेका छन् । आइतबार १७१ कम्पनीको ९ लाख ८७ हजार ७३९ कित्ता सेयर २८ करोड ७५ लाख रुपैयाँमा किनबेच भएको छ ।

आइतबार नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर सबैभन्दा धेरै २ करोड १३ लाखमा किनबेच भयो । त्यस्तै मुक्तिनाथ विकास बैंक, एनएमबी बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलगायत पनि बढी कारोबार गर्नेका सूचीमा परेका छन् । बढी कमाउनेको सूचीमा कञ्चन डेभलपमेन्ट बैंक, स्वरोजगार लघुवित्त, युनियन हाइड्रोपावर, इन्फिनिटी लघुवित्तलगायत परेका छन् ।

Featured