देश

प्रहरीद्वारा शरीर बन्धक बनाउने कार्यमा संलग्न रहेका एक पक्राउ

काठमाडौं, साउन ४-प्रहरीले शनिबार भारत मोतीहारी घर भइ हाल काठमाडौं कुलेश्वर बस्ने २३ वर्षीय प्रदिप कुमारलाई शरीर बन्धक बनाउने कार्यमा संलग्न रहेको अभियोगमा पक्राउ गरेको छ।

भक्तपुर सूर्यविनायक कटुञ्जे बस्ने रौतहटकी १७ वर्षीया किशोरीलाई प्रदिपले शुक्रबार दिउँसो ललाई फकाई, धम्काई जबरजस्ती कुलेश्‍वरस्थित आफ्नो कोठामा ल्याई बन्धक बनाई राखेको भन्ने खबर प्राप्त गर्ने बित्तिकै महानगरीय अपराध महाशाखा टेकु तथा महानगरीय प्रहरी वृत्त कालिमाटीबाट संयुक्त रुपमा खटिएको प्रहरीले किशोरीलाई उद्दार गरी प्रदिपलाई पक्राउ गरेको हो।

प्रहरीले यस सम्बन्धमा थप आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।