देश

पर्यटक बोक्ने बसमा भन्सार छली गरी ल्याएको औषधि बरामद

काठमाडौं, मंसिर २२–प्रहरीले चितवन–दिल्ली पर्यटक बोक्ने बसबाट अधैव रूपमा ल्याएको औषधि र लत्ताकपडा बरामद गरेको छ । शनिबार जिल्ला प्रहरी कार्यालय नवलपरासीबाट खटिएको प्रहरीले सुनवल नगरपालिका–१२ भुमहीस्थित महेन्द्र राजमार्गबाट औषधि र लत्ताकपडा बरामद गरेको हो । ना.८ ख १२०३ नम्बरको यात्रुबाह बस भारतको दिल्लीबाट नारायणगढतर्फ जाँदै गर्दा बस जाँच गर्ने क्रममा उक्त सामान बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बसका चालकले बसको छतमा फल्सबटम बनाएर १५ बोरा ट्रयाकसुट र १० कार्टुन औषधि ल्याएका थिए । बसलाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । त्यस्तै, नेपालगञ्ज प्रहरीले आइतबार बिहान नेपालगञ्ज उपमहानगरपालिका–१६ जयसपुरबाट करिब १५ क्विन्टल सुर्तीजन्य पदार्थ बरामद गरेको छ । उक्त सुर्तीजन्य पदार्थसमेत अवैध रूपमा भारतबाट नेपाल ल्याइएको प्रहरीले जनाएको छ ।

Featured