सूचना/ प्रबिधि

युट्युबमा भिडियो नहेरी गीत मात्र सुन्न मिल्ने नयाँ फिचर

काठमाडौं, एजेन्सी, साउन ४-युट्युबले आफ्ना प्रयोगकर्ताहरुका लागि नयाँ फिचर ल्याएको छ। थप गरिएको उक्त नयाँ फिचरका कारण अब युट्युवको गीत स्टि्रमिङ्ग हुने प्लाटर्फम युट्युब म्युजिकमा कम डाटा खर्च गरी गीत सुन्न तथा हेर्न सकिनेछ। यो फिचर प्रिमियम प्रयोगकर्ताका लागि मात्र उपलब्ध हुनेछ।

यो नयाँ फिचर अनुसार अब युट्युबमा प्रिमियम प्रयोगकर्ताले युट्युबमा कुनैपनि गीतको भिडियो हेर्ने कि गीतमात्रै सुन्ने भन्ने कुरा रोज्न पाउनेछन्। साथै कमजोर वाइफाइ तथा मोबाइल इन्टरनेट नेटवर्क भई युट्युबमा भिडियो खुल्न कठिनाई झेल्नुपर्ने अवस्थामा समेत यो फिचरले निक्कै सहज बनाउनेछ। किनकी अब गीतमात्र सुन्नका लागि युट्युबमा भिडियो चलाउनु पर्नेछैन। भिडियो हेर्ने कि गीतमात्र सुन्ने भन्ने कुरा चाहेको बेला प्रयोगकर्ता आफैले रोज्न सक्नेछन्।

यो फिचर जारी भएपछि अब म्युजिक प्लेयरमा माथिपट्टि एक बटन उपलब्ध छ। त्यसमा क्लिक गरेर बजिरहेको गीतको अडियो मात्र सुन्ने कि भिडियो पनि हेर्ने भन्ने कुरा रोज्न सकिन्छ र आफुलाई मन लागेको बेला अडियो वा भिडियो फम्र्याटमा परिवर्तन गर्न सकिनेछ। यो फिचरको सबैभन्दा महत्वपूर्ण कुरा भनेको यसले गीतलाई रियल टाइममा स्विच गर्दछ।

केही समयमै सबै प्रयोगकर्ताले यो फिचर प्रयोग गर्न पाउने युट्युबले जनाएको छ  यो फिचरको मज्जा लिनका लागि तपाइँको एन्ड्रोइड वा आइओएस डिभाइसमा युट्युब म्युजिक एपको लेटेस्ट भर्सन डाउनलोड वा अपडेट गर्नुपर्नेछ।

Featured