देश

धौलीगाड खानेपानी आयोजनाः १० वर्षमा इन्टेक र च्याम्बर

जुम्ला, मंसिर २२–धौलीगाड खानेपानी आयोना २०६६ सालदेखि सुरु भएको थियो । एक दशक वित्न लागिसक्यो हालसम्म आयोजनाको १० प्रतिशत काम पनि भएको छैन । १० वर्षसम्म च्याम्बर, पर्खाल र इन्टेक निर्माणबाहेक अरु कुनै काम हुने गरेको छैन । धौलीगाड खानेपानी आयोजना उपभोक्ता समितिका अध्यक्ष राजबहादुर खत्री कर्मचारीको बेवास्ताले आयोजना बन्न नसकेको दावी गर्छन् । कर्णालीकै गौरवको रुपमा हेरिएको र खलंगा बजारक्षेत्रको खानेपानी समस्या दिर्घकालीन समाधानको लागि आयोजना सुरु भएको थियो । समितिका अनुसार ८ लाख लागतमा इन्टेक र ५ लाख खर्चेर मुहानमा पानी संकलन हुने च्याम्बर निर्माण गरिएको छ । त्यो बाहेक अन्य काम भएको छैन ।

आयोजनाका लागि ल्याइएका पाइप वषौंदेखि खोनपानी कार्यालयको परिसरमा लथालिंग छन् । मुहान पाटनमा भएको र सामग्री ढुवानीमा समस्या भएपछि कामले गति लिन नसकेको अध्यक्ष खत्री बताउँछन् । काम नभएकैले बर्से्नि खानेपानी आयोजनाका लागि आउने रकम पनि फ्रिज हुने गरेको छ । अहिलेसम्म पूर्ण सर्वेक्षण नसकिएको आयोजनाले जनाएको छ । यो आयोजनाको कुल लागत २ अर्ब २५ करोड हो । नौ महिना लगाएर तयार पारेको डीपीआर नमिलेको भनेपछि २०६९ सालमा आयोजनाका लागि आएको ६५ करोड रुपैयाँ पनि फिर्ता भयो । तीन पटकसम्म सर्भे गरिएको छ । तर कति खर्च भयो एकिन विवरण छैन । यो समाचार आजको कारोबार दैनिकले छापेको छ ।

Featured