देश

भारत रिसाउने डरले प्रचण्ड चीन गएनन्

काठमाडौं, मंसिर २२–सरकार कूटनीतिक क्षेत्रको भूँमरीमा नराम्रोसँग फसेको छ । अपरिपक्व कूटनीतिक चालका कारण सरकारले एकपछि अर्को असफलता व्यहोर्नु परिरहेको छ । सम्पूर्ण मुलकु राष्ट्रिय सार्वभौमसत्ता र भौगोलिक अखण्डताकाृ पक्षमा एकजुट हुँदा र प्रमुख प्रतिपक्षी दललेसमेत खुलेर साथ दिएको अवस्थामा पनि सरकारले देशको महत्वपूर्ण भूभाग अर्को देशले कब्जा गरी नक्सामासमेत समावेश गरेकोमा सम्बन्धित देससँग अहिलेसम्म सामान्य वार्ता गर्न नसक्नुले सरकारको सिथ्तिि उदांगो पारेको छ ।

भारतले ५७ वर्षदेखि गर्न नसकेको दुस्साहस लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई आफ्नो देशको नक्साभित्र समावेश गरेकोमा सरकारले अहिलेसम्म भारतीय राजदूतलाई बोलाएर विरोध जनाउने हिम्मतसम्म पनि गरेको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीइ प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुरा गर्न भनि विशेष दूत बनाएका नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाललाई मोदीले आफूसँग भेट नगर्ने बुझेपछि भारत जाने आँट गरेनन् । ओलीको यो प्रयास दुई देशबीचको वार्ता नै नभइ तुहिएको छ ।

त्यस्तै नेकपाका प्रमुख कार्यकर्ताहरूलाई चीन लगेर साम्यवादबारे प्रशिक्षण दिने पूर्व निर्धा्रित कार्यक्रमको आड लिएर नेकपा अध्यक्ष प्रचण्ड स्वयं चीन जाने र भारतले कब्जा गरेको भूभागलाई ओपचारिकता दिएपछि उत्पन्न चुनौतीको सामाना गर्नका लागि चीन सँग छलफल गर्न जान लागेकोमा उनको भ्रमण पनि स्थगित भएको छ । अहिले नेकपा अध्यक्ष प्रचण्डले नचाहेसम्म भूमि कब्जाको विषय अन्तर्रा्ष्ट्रियकरण हुन सक्दैन । तर यो मुद्दा अन्तर्रा्ष्ट्रिय स्तरमा लिएपछि आफ्ना द्वन्द्वकालीन मुद्दा पनि ब्यूँतिने त्रासले प्रचण्डले अन्तर्रा्ष्ट्रियकरण नभइ कूटनीतिक तवरबाट समाधान गर्नुपर्नेमा जोड दिँदै आएका छन् । देशान्तर साप्ताहिकबाट

Featured