विदेश

भारतमा बाघ घरभित्र ओछ्यानमा आराम गरिरहेको अवस्थामा देखा पर्‍यो

काठमाडौं, एजेन्सी, साउन ४-भारतको आसामको एक परिवार तब आश्चर्यमा पर्यो जब बजार गएर फर्किदा उनीहरुले आफ्नो ओछ्यानमा जंगली बाघ भेटे।

घटना भारतको उत्तरपूर्वी राज्य आसामको हरमुती गाँउको हो। घरका मानिसले बाघलाई वाधा नपुर्याइ वन विभागका मानिसका खबर गरे।

बाघलाई पक्रन गएको वन्यजन्तु ट्रष्टले आफ्नो आधिकारिक ट्वीटरमा घरभित्रको आछ्यानमा सुतिरहेको बाघको तस्विर पोष्ट गरेको छ। तस्विरमा बाघ ओछ्यानमा आराम गरिरहेको देखिन्छ।

शुक्रबार समाजिक संजालमा पोष्ट गरिएको एक तस्विरमा लेखिएको छ ,‘ हाम्रा भेटनरीहरु घरभित्र पसेको बाघलाई कसरी बेहोस बनाउने भनेर आसाम वन विभागका कर्मचारीसँग योजना बनाइरहेका छन्।’

पोष्टमा बाघको घरभित्रको प्रवेशको कारण खुल्याउदैं लेखिएको छ ,‘बाढीले अजिवका पाहुना घरमा ल्याउँछ।’

बाघ नजिकैको कान्जिरङ्गा राष्ट्रिय निकुञ्जमा पसेको बाढीबाट जोगिन गाउँ पसेको विश्वास गरिएको छ । कान्जिरङगा राष्ट्रिय निकुञ्ज बाघ, हात्ती, भालु र गैंडाको लागि चर्चित छ।

कान्जिरङ्गा राष्ट्रिय निकुञ्ज विश्वको सबैभन्दा धेरै एक सिंगे गैडाको बसोबास भएको वन हो। कान्जिरङगा राष्ट्रिय निकुञ्जमा १६४१ एक सिङ्गे गैडा पाइन्छ। यो निकुञ्ज युनेस्कोको विश्व सम्पदा केन्द्रमा सूचीकृत छ।

कान्जिरङ्गा राष्ट्रिय निकुञ्जका सह निर्देशक रोहीनी बल्लब सैकिआयले बाघलाई बेहोस बनाउने प्रयास गरेको तर पछि आफै उठेर शान्तसँग बाटो लागेकाले केही नगरेको बताइन्।

‘बाघ शान्त थियो र यसले कुनै खतरा पुर्याउने अवस्था नरहेकाले हामीले केही गरनौं ,’ सैइकीयाले भनिन्।

विश्व वन्यजन्तु कोषका अनुसार विश्वमा हाल ३,९०० बाघ मात्र जिवित छन्। बाघलाई लोपोन्मुख जीवमा गनिन्छ।

दक्षिण एशियामा ठूलो प्रभाव पारेको पछिल्लो बाढीले निकुञ्जभित्र अन्य कयैन जीवजन्तुलाई पनि प्रभावित बताएको वन्यजन्तु ट्रस्टले बताएको छ। उसका अनुसार बाढीपछि कयैन हरिण, गैँडा, हात्तिहरु पनि हराइरहेका छन्।

अधिकारीका अनुसार केही दिन अघि आएको मुसलधारे पानीपछि कान्जिरङ्गा राष्ट्रिय निकुञ्जको ९५ प्रतिशतसम्म भू–भाग डुबानमा परेको थियो।

शुक्रबार यस्तै बाढीमा परेर चुलुम्म डुबेर सुरक्षित ठाँउ खोज्दै हिडेका गैँडाको भिडियो भारतीय वन सेवामा कार्यरत अरुण भिग्नेशले ट्वीट गरेका थिए।

आसाम राज्य विपद् व्यवस्थापन प्राणिकरणले जुलाई १३ देखि १८ बीचमा निकुञ्ज भित्र ८३ वटा जीवको मृत शरिर भेटेको थियो।

मध्य–जुलाईमा आएको ठूलो बाढीबाट नेपाल, भारत र बंगालदेशमा ठूलो असर गरेको थियो। हालसम्म बाढीमा परेर यस क्षेत्रमा २२७ मानिसको मृत्यु भएको रिपोर्ट छ। त्यसबाट १ करोड तीन लाख मानिस त प्रभावित नै भएका थिए।

Featured