देश

‘मरीचिका’ र बुद्धिसागर पुरस्कृत, श्यामल सम्मानित

सुर्खेत, मंसिर २१–‘भाषा, साहित्यको जगेर्नामा हामी सबैको हातेमालो’ भन्ने मूल नाराका साथ स्थापना भएको कर्णाली साहित्य समाजले कर्णालीमै ठूलो धनराशिको पुरस्कार वितरण गरेको छ । ५० हजार राशिको ‘कर्णाली साहित्य समाज कृति पुरस्कार’ महेश थापाको कथासंग्रह ‘मरीचिका’लाई प्रदान गरियो । समाजका संरक्षक एवं कथाकार महेशविक्रम शाहले सम्मानपत्रसहित पुरस्कार प्रदान गरे । मदन पुरस्कारका सिफारिस भए सातवटा कृतिमध्ये ‘मरीचिका’ पनि परेको थियो ।

लेखक तथा साहित्यकार बुद्धिसागरलाई २५ हजार राशिको ‘कर्णाली साहित्य समाज प्रतिभा पुरस्कार’ प्रदान गरियो । नेपाली साहित्यका क्षेत्रमा कविता काव्यसँगै विविध विधामा सिर्जनारत कवि श्यामल अधिकारीलाई ताम्रपत्रसहित ‘कर्णाली साहित्य समाज साधना सम्मान’द्वारा सम्मानित गरिएको छ ।

Featured