देश

मलेसियाद्वारा गैरकानुनी रुपमा बस्दै आएका नेपाली कामदारलाई स्वदेश फर्कन आग्रह

काठमाडौँ, साउन ४। मलेसिया सरकारले गैरकानुनी रुपमा बस्दै आएका नेपाली कामदारलाई स्वदेश फर्कन आग्रह गरेको छ । नेपाली कामदारलाई मलेसियन सरकारले प्रक्रिया पुरा गरि देश फर्कन आदेश दिएको हो । मलेसियन सरकारले “प्रोग्राम ब्याक फर गुड” नामक कार्यक्रम लागु गरेको छ। उक्त कार्यक्रम १ अगष्टदेखि ३१ डिसेम्बरसम्म लागु हुने जनाएको छ।

“प्रोग्राम ब्याक फर गुड” कार्यक्रम अनुसार प्रक्रिया पुरा गरि देश फर्कनको लागि सरकारलाई ७००० रिंगेट, पासपोर्ट नहुनेका लागि एकतर्फी यात्रा अनुमतिपत्र वापत लाग्ने सरकारी राजस्व १६० रिंगेट तिर्नु पर्ने छ तर मलेसियाबाट नेपाल जाँदा लाग्ने हवाइ टिकेट आफैले बेहोर्नु पर्ने छ।“ब्याक फर गुड” नामक कार्यक्रम मार्फत नेपाल फर्किन मलेसियामा रहेको नेपाली राजदूतावासको फोन नं. : ००६०३२०२०१८९८, ००६०३२०२०१८९९, ००६०३२०२०१९०१ वा हट लाइन नं. : ००६०१६२४७२७७७ मा फोन गर्न सकिने बताइएको छ।