खेलकुद देश

राष्ट्रिय कीर्तिमानसहित गौरिकाले जितिन् रजत

काठमाडौं, मंसिर २१–१३औं सागअन्तर्गत पौडीमा गौरिका सिंहले राष्ट्रिय कीर्तिमानसहित रजत पदक जितेकी छन् । सातदोबाटोस्थित पौडी पोखरीमा शनिवार १ सय मिटर ब्याकस्ट्रोकमा गौरिकाले राष्ट्रिय कीर्तिमानसहित रजत हात पारेकी हुन् । गौरिकाले १ मिनेट ३ दशमलव १५ सेकेण्डको समय निकालिन् । यस स्पर्धामा १ मिनेट २ दशमलव ३५ मिनेटको समय निकाल्दै भारतकी मन्ना राजिब पटेलले स्वर्ण जितिन् ।

कास्य पदक भारतकै रिधिमाले जितिन् । उनले १ मिनेट ५.७२ सेकेण्ड समय निकालिन् । बिहीबार र शुक्रबार गरी गौरिकाले २ सय मिटर ब्याकस्ट्रोक र २ सय मिटर फ्रिस्टाईलमा स्वर्ण पदक जितेकी थिइन् । शुक्रबारको स्पर्धामा गौरिकाले आज स्वर्ण जितेकी भारतीय पौडेबाज पटेललाई निराश पारेकी थिइन् ।

Featured