खेलकुद देश

जनकपुरमा संगीताले रचिन् कुस्तीमा नयाँ इतिहास, देशलाई दिलाइन् स्वर्ण

जनकपुर, मंसिर २१–१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कुस्ती खेल प्रतियोगितामा नेपालकी संगीता धामीले स्वर्ण पदक जितेकी छन् । शनिवार जनकपुरमा ५५ केजी तौल समूहमा भएको स्पर्धामा धामीले बंगलादेशकी सकिरा रेनीलाई ५–१ ले पराजित गरी स्वर्ण हात पारेकी हुन् ।

अहिलेसम्म महिला कुस्तीमा नेपालले स्वर्ण जितेको थिएन । त्यसैले संगीता नै नेपालकी पहिलो महिला बनेकी छन् जसले कुस्तीमा पहिलो पटक नेपाललाई स्वर्ण पदक दिलाइन् ।

Featured