देश

कारागारबाट बन्दीले पत्र लेख्दै भने, ‘प्रधानमन्त्रीज्यू म दुइटै मिर्गौला दिन तयार छु’

काठमाडौं, मंसिर २१–मिर्गौंलाले काम गर्न छाडेपछि बिरामी परेका प्रधानमन्त्री केपी शर्मा ओलीको पुनः मिर्गौला ट्राँन्सप्लान्ट गनुपर्ने भएको छ । अमेरिकामा रहेको ओलीका नातेदारले उनलाई मिर्गौला दिने भनेका छन् । ओलीको मिर्गौला ट्राँन्सप्लान्टको तयारी चलिरहेकैबेला एक बन्दीगृहका कैदीबन्दीले आफ्नो मिर्गौला दिने घोषणा गरेका छन् । देशका लागि केपी ओली बाँच्नुपर्ने भन्दै पत्र लेखेर आफू मिर्गौला दिनको लागि तयार भएको बताएका छन् ।

मिर्गौला दिने भन्दै पत्र लेख्ने कैदीबन्दी हुने कालिकोट जिल्ला कारागारमा सजाय भुक्तान गरिरहेका हेमन्त भन्ने बलबहादुर शाही । मंसिर १४ गते प्रधानमन्त्री कार्यालयलाई सम्बोधन गर्दै लेखेको पत्र शनिबार सार्वजनिक भएको छ । पत्रमा उनले आफ्नो दुईवटै मिर्गौला दिने उल्लेख गरेका छन् । ‘मैले आफ्नो इच्छाले देशकको प्रधानमन्त्री ज्यू को लागि दुईवटै किड्नी दिन तयार छु, उहाँले देशको लागि केही गर्न सक्नुहुन्छ’, पत्रमा उनले लेखेका छन्, ‘म कालिकोट कारागारमा कैदी जीवन विताइरहे पनि उहाँको लागि दुइवटै किड्नी दिन तयार छु भनि प्रधानमन्त्री कार्यालयमा यो निवेदन पेस गरेको हुँ ।’

Featured