देश

जनकपुरमा पटाका विस्फोटन हुँदा एक बालक गम्भीर घाइते

जनकपुरधाम, मंसिर २१–जनकपुरमा १३औं दक्षिण एसियाली खेलकुद (साग) को उद्घाटनका लागि पड्काउन ल्याइएको पटाका पड्किएर एक बालक गम्भीर घाइते भएका छन् । शनिबार बिहान खेलाउँदै गरेको उक्त पटाका विस्फोट हुँदा जनकपुरधाम उपमहानगरपालिका– १३, कभर्ड हल बस्ने शोभित राउतका १० वर्षीय छोरा आलोक राउत गम्भीर घाइते भएका हुन् ।

जनकपुरधाम उपमहानगरपालिका– १४ स्थित जिल्ला खेलकुद विकास समिति धनुषाको कभर्ड हलनजिक करिब ४ सय मिटरमा उक्त पटाका विस्फोट भएको स्थान हो । सागकै उद्घाटनa उत्सवमा शुक्रबार साँझ पड्काएपछि बाँकी रहेको एक पटाका त्यो स्थानमा फालिएको थियो । त्यही पटाका टिपेर ल्याई ती बालकले खेलाउने क्रममा पड्किँदा गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । बिहान ९ बजेतिर उक्त पटाका विस्फोट भएको जनाइएको छ । बालकको जनकपुर अञ्चल अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि धरान लगिएको छ ।

Featured