देश

सबै स्थानीय तहमा पक्की सडक जोडिँदै

काठमाडौं, मंसिर २१–प्रदेश राजधानीदेखि सबै स्थानीय तहको केन्द्रसम्म पक्की सडक सञ्जालले जोडिने भएको छ । यससँगै सडक सञ्जालले जोडिन बाँकी करिब ४३ स्थानीय तहमा पक्की सडक पुग्ने र कच्ची सडक पुगिसकेका तहमासमेत सडक पक्की गरिनेछ ।

सरकारले राष्ट्रिय र प्रादेशिक सडक सञ्जालमा नजोडिएका स्थानीय तहको केन्द्रदेखि प्रदेश राजधानीसम्म पक्की सडक निर्माणका लागि कार्य्विधि निर्माण गरी रायका लाग अर्थ मन्त्रालयमा पठाएको छ । अर्थ मन्त्रालयले सहमति दिएपछि यसै वर्षदेखि लागू हुनेगरी काम अगाडि बढाइने मन्त्रालयले जनाएको छ । स्थानीय पूर्वाधार विभागमा महानिर्देशक राचन्द्र श्रेष्ठले अर्थ मन्त्रालयले सहमति दिएपछि काम अगाडि बढाइने जानकारी दिए । यो समाचार आजको गोरखापत्र दैनिकले छापेको छ ।

Featured